काठमाडौं, १६ असोज – नेकपा एमालेको विधान महाधिवेशनअन्तर्गत दोस्रो दिन विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ ।
महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
उनकाअनुसार छलफलमा आएका सुझावहरुलाई केही बेरमा टोली नेताले प्रस्तुत गर्नेछन् । ‘सुझावहरुलाई अहिले २ बजेदेखि नेताहरुले प्रस्तुत गर्ने छन्,’ उनले भने ।
पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।