भारतमा एकै दिन दुई लाख ५७ हजार संक्रमित थपिए , तीन लाख ५७ हजारले जिते कोरोना — OSNepal

भारतमा एकै दिन दुई लाख ५७ हजार संक्रमित थपिए , तीन लाख ५७ हजारले जिते कोरोना

LC (KTM) May 22, 2021 0

नयाँ दिल्ली ८ जेठ -भारतमा पछिल्लो २४ घण्टामा थप साढे दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार दुई लाख ५७ हजार २९९ जना सङ्क्रमित भएका हुन् ।भारतमा सोही अवधिमा थप चार हजार १९४ जनाको कोरोनाका कारण मृ त्यु भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा भारतमा तीन लाख ५७ हजार ६३० जना कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म कुल दुई करोड ६२ लाख ८९ हजार २९० जना कोरोनाबाट सङ्क्रमित भएको तथ्यांक छ । ती मध्ये २९ लाख २३ हजार ४०० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख ९५ हजार ५२५ जनाको मृत्यु भएको छ । तर सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ३० लाख ७० हजार ३६५ पुगेको छ ।(रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर