चाड पर्व नजिक आए संगै ईटहरीमा बजार अनुगमन — OSNepal

चाड पर्व नजिक आए संगै ईटहरीमा बजार अनुगमन

LC (KTM) October 01, 2021 0

चाड पर्व नजिक आए संगै इटहरी उपमहानगरपालिकाले वजार अनुगमनलाई तिब्रता दिएको छ । आज विहान इटहरीवजारका ९ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरिए संगै बजार अनुगमन सुरु गरिएको हो । उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खादय प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि,उपभोक्ताअधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहित अनुगमन गरिएको हो । अनुगमनका क्रममा पाँच वटा पसलमा लेवलिङ्ग नगरी समान विक्री गरेको पाइएको छ ।

तीन वटा पसलको नविकरण नभएको पाइएको छ । अनुगमनका क्रममा पसल नविकरण गर्न र लेवल गरेर मात्र समान वेच्न निर्देशन दिइएको छ । इटहरीमा अव नियमित रुपमा वजार अनुगमन गरिने उपमहानगरको उपभोक्ता हीत संरक्षण शाखा प्रमुख नोवल किशोर भटटराईले जानकारी दिए । इटहरीमा समय समयमा भएका वजार अनुगमनका कारण डेट एक्सपायर भएका सामान थन्क्याउने छुटटै ठाँउको ब्यवस्था गर्न थालिएको,लेवल लगाएर मात्र समान वेच्न थालिएको,डेट भएका मात्र समान वेच्ने क्रममा उल्लेख्य सुधार आएको शाखा प्रमुख भटटराईले वताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर