ईपीएलमा ललितपुरद्धारा ईतिहासमै सर्वाधिक योगफल तयार , बिराटनगर बिरुद्ध ३७ रनको जित — OSNepal

ईपीएलमा ललितपुरद्धारा ईतिहासमै सर्वाधिक योगफल तयार , बिराटनगर बिरुद्ध ३७ रनको जित

LC (KTM) October 01, 2021 0

एभरेष्ट प्रिमियर लिग ईपीएल टी ट्वान्टी क्रिकेटमा साविकको विजेता ललितपुर प्याट्रीयट्सले पहिलो जित निकालेको छ । आज भएको खेलमा विराटनगर वारियर्सलाई ३७ रनले पराजित गर्दै ललितपुरले पहिलो जित निकालेको हो । पहिले ब्याटिंग गरेको ललितपुरले २ सय २७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ मा मैदानमा उत्रिएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो र अन्ततः ३७ रनले पराजित हुन पुग्यो ।

विराटनगरका लागि दिल्शन मुनाविराले ५९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । ललितपुरका अज्मतुल्लाह ओमारजाईले एक्लैले ४ विकेट लिए । ललित राजवंशीले २ तथा योगेन्द्र सिंह कार्कीले १ विकेट लिए । यसअघि ब्याटिंग गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा २ सय २६ रनको विशाल योगफल तयार पारेको थियो । जसका लागि सन्दुन विराकोड्डी र अज्मतुल्लाह ओमारजाईको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

ललितपुरले तयार पारेको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक ठूलो योगफल हो । ललितपुरको उच्च योगफलमा ओपनर विराकोड्डीले सर्वाधिक ७३ रन जोडे । विराटनगरका कप्तान करण केसीले दुई विकेट लिए । सिकन्दर राजा, प्रतिश जिसी र दिलशान मुनाविराले समान एक एक विकेट हात पारे। यो जित संगै ललितपुरले ४ खेलमा ३ अंक जोडेको छ । ललितपुर चौंथो स्थानमा उक्लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर