काठमाडौँ १५ असोज । नेकपा (एमाले) सचिव एवंम प्रवक्ता प्रदीपकुमार ज्ञवालीले एमाले पार्टी नभएको भए देशले चुच्चे नक्सा प्राप्त गर्न नसक्ने दावी गरेका छन् ।
आजबाट सुरु भएको विधान महाधिवेनलाई सम्बोधन गर्दै ज्ञवालीले यस्तो दावी गरेका हुन् । उनले एमाले नभएको भए देशमा संविधान पनि नआउने दावी गरेका छन् । ‘संविधान कार्यन्वयका कामहरु अघि बढ्दैन थियो। एमाले नभएको भए भारतको नाकाबन्दीको सामना नेपालले गर्न सक्दैन थियो। देशको चुच्चे नक्सा देशले प्राप्त गर्न सक्दैन थियो।’ उनले भने ।
गोदावरीमा आयोजित आजबाट सुरु भएको तीन दिने विधान महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले नेपालको राष्ट्रिय राजनीतिमा एमाले घरको छानो जस्तै भएको भन्दै उनले भने , ‘राष्ट्रिय एकतार राष्ट्रियताका आधार स्तम्भको रुपमा एमाले उभिएको छ।’
जनताको चाहाना र सपना पुरा गर्ने एक् मात्रै पार्टी एमाले भएको जिकिर गरेका उनले भने , ‘नेकपा (एमाले)को नेतृत्व नभएको भए जनताको ओइलाएका सपनाहरुलाई व्यूँत्याएर देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने आत्मविश्वास र सङ्कल्प राष्ट्रमा भर्न कतौबाट कसैलने सक्ने थिएनन् । ‘