गोदावरीमा अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत गाउँदै सुरु भयो एमाले विधान महाधिवेशन — OSNepal

गोदावरीमा अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत गाउँदै सुरु भयो एमाले विधान महाधिवेशन

LC (KTM) October 01, 2021 0

काठमाडौं, १५ असोज । एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सनराइज हलमा एमालेको विधान महाधिवेशन सुरु भएको हो ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत गाएर एमालेको विधान महाधिवेशन सुरु भएको हो । कार्यक्रमको सञ्चालन भने नेता प्रदीप ज्ञवालीले गरिरहेका छन् ।

१५–१७ असोजसम्म एमालेको विधान महाधिवेशन हुनेछ । सो महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान प्रतिवेदन पेस गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर