१४ वर्षीय बालिकालाई प्रेमको नाटक गरी भारतमा बेच्ने तयारी गरेका २४ वर्षीय युवक पक्राउ — OSNepal

१४ वर्षीय बालिकालाई प्रेमको नाटक गरी भारतमा बेच्ने तयारी गरेका २४ वर्षीय युवक पक्राउ

LC (KTM) October 01, 2021 0

काठमाडौँ १५ असोज । १४ वर्षीय बालिकालाई प्रेमको नाटक गरी भारतमा बेच्ने तयारी गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

पर्वत जिल्लाको मोदी गाउँपालिका ५ बस्ने २४ वर्षीय सूर्यबहादुर भण्डारी रहेका छन् । निजले बालिकासाग प्रेम गरेको नाटक गरी नेपाल भारत सीमा जोगबनी पुर्‍याएको प्रहरीले जनाएको छ ।

निजलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले कुश्मा नगरपालिका ६ शिवालयबाट पक्राउ गरेको हो ।

घटना हो असोज ६ गतेको । भण्डारीमाथि मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत पर्वतबाट म्याद थप गराई थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर