आठ बुँदे प्रस्तावमा अध्यक्ष ओली सहमति नभएको भन्दै प्रभु साह एमालेको विधान महाधिवेशनमा सहभागी नहुने — OSNepal

आठ बुँदे प्रस्तावमा अध्यक्ष ओली सहमति नभएको भन्दै प्रभु साह एमालेको विधान महाधिवेशनमा सहभागी नहुने

LC (KTM) October 01, 2021 0

काठमाडौँ १५ असोज । आजबाट लतिलपुरको गोदावरीमा सुरु हुने नेकपा एमालेको विधान महाधिवेशनमा पुर्व माओवादीका नेता प्रभु साह समूह नजाने भएका छन् ।

एमालेलाई नेकपाकै निरन्तरता दिनुपर्ने भन्दै आएपनि विचारमा त्यस्तो नभएको भन्दै साह आज हुने विधान महाधिवेशनमा सहभागी नहुने भएका हुन् ।

आठ बुँदे प्रस्तावलाई लिएर अध्यक्ष केपी ओलीसँग भेटवार्ता भएको साहको सहमति भने नभएको बताइएको छ । साथै हिजो साँझ नै महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुसँग कुराकानी भएको थियो । तर सहमति भने हुन सकेन ।

नेकपाले जनताको जनवाद गरेकोमा अहिले एमालेले जनताको बहुदलीय जनवाद ९जबज०लाई नै निरन्तरता दिएको बताएका साह समुहले दुई पक्षबीच नयाँ समझदारी गर्नुपर्ने भन्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर