जयसिंह धामी प्रकरणबाट सरकार राष्ट्रियता र नागरिकको जीवनप्रति कति संवेदनशील रहेछ भनेर छलंङ भयो — OSNepal

जयसिंह धामी प्रकरणबाट सरकार राष्ट्रियता र नागरिकको जीवनप्रति कति संवेदनशील रहेछ भनेर छलंङ भयो

LC (KTM) October 01, 2021 0

काठमाडौं १५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार असफल भएको बताएका छन् ।

यो सरकारले मुलुकलाई केहि निकासा नदिने ठोकुवा गरेका उनले जयसिंह धामी प्रकरणबाट सरकार राष्ट्रियता र नागरिकको जीवनप्रति कति संवेदनशील रहेछ भनेर छंलङ देखिएको बताएका छन् । उनले एक कार्यक्रममा बताएका छन् ।

‘सरकारको पहिलो निर्णय भूमि आयोग विघटन गर्छ, कालो धनलाई सेता धन बनाउन दिने, लोकतन्त्रको हुर्मत काट्छ । अध्यादेश आवश्यक थियो भने हिजो राष्ट्रपतिलाई फिर्ता लिन किन चिठ्ठी काटेको ?’ ज्ञवालीले भने ।

कार्यक्रममा उनले माधव नेपाल सहभागी हुने कुनै पनि कार्यक्रममा आफुहरु सहभागी नहुने भन्दै एमाले विभाजनमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मुख्य हात रहेको समेत आरोप लगाएका छन् ।

ज्ञवालीले सरकार बनेको तिन महिना पुग्न लाग्दा पनि सरकारलाई पुर्णता दिन नसकेको भन्दै गठवन्धन सरकारले केहि गर्न नसक्ने समेत बताएका छन् । अब एमाले भित्रको समस्या सकिएको समेत उनले बताएका छन् ।

उनले प्रधानमन्त्री देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धम्काएको समेत बताएका छन् ।

उनले कार्यक्रममा भनेका छन् , ‘अनि उल्टै धम्क्याउँछन् सरकारमा सहभागी दलका नेताले अब म आफ्ना दुई जना मन्त्री पनि फिर्ता बोलाउँछु भनेर भन्छन्, यस्तो गरेर पनि चलाएर सरकार के चलाई भयो र ?’ नेपालको पाटीए फुटाउने मनसाय भएकाले अरु नेता एमालेमा आएको पनि उनले खुलसा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर