काठमाडौं असोज १५ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेले गरेको संसद अवरोध प्रति आपत्ती जनाएका छन् । आज बिहान एक कार्यक्रममा सहभागी भएका केसीले एमालेले संसद् अवरुद्ध गरेर एमालेले हलो अड्काएर गोरु चुट्न खोजेको भन्दै एमालेको संसद अवरोध प्रति आपत्ती जनाएका हुन् ।
अध्यक्ष केपी ओलीलाई दूई पटक संसद विघटन गरेर नपुगेर अहिले पनि सांसदहरुलाई उफारि रहेको बताएका छन् । संसदलाई फेरि फत्काउन एमाले लागि परेको समेत आनले कार्यक्रममा आरोप लगाएका छन् ।
‘ओलीजीले सत्ताबाट हट्नुपरेको पिरलो र बदलाको भावनाले संसद्लाई अनिर्णयको बन्दी बनाइरहनुभएको छ । उहाँ संसद्लाई फेरि पनि भत्काउन लाख कोसिस गरिरहनुभएको छ’ केसीले भने ।
साथै कार्यक्रममा उनले एमसीसी खारेज गर्नु पर्ने समेत बताएका छन् । “एमसीसी अमेरिकी साम्राज्यवादको षडयन्त्र भएको भन्दै उनले भने, ‘अहिले ओलीले सकेनन्, अहिले देउवाले कोसिस गरिरहेका छन् । तर यो नेपाली जनतालाई मान्य छैन । दान दिने मान्छे लौरो लिएर किन नेताको घरघरमा धाए रु यो जून(घामझैं छर्लंग छ । अमेरिकाले एमसीसीलाई खाए खा नखाए घिच् किन भनिरहेको छ?’
आफु सरकारमा नगएको बताएका उनले सत्ता गठवन्धन दलकै किचलोले सरकारले पुर्णता नपाएको भन्दै उनले भने, ‘नेपाली प्रवृत्ति के रहेछ भने सबैलाई मन्त्री बन्नैपर्ने, त्यसमाथि मालदार मन्त्रालय नै चाहिने । देशको भन्दा व्यक्तिको स्वार्थमा चुर्लुम्म डुब्ने । यो कुरा त बारीमा कौवा पस्यो, कौवा पसेपछि मकै खायो भनेजस्तै हो । सत्ता र शक्तिका लागि मरिहत्ते गर्ने प्रवृत्तिको सिकार नेपाली जनता भएका छन् । यो तरिका बेठीक हो ।’