कोरोना अपडेट : एक हजार ७८ कोरोना संक्रमित थपिए, १२ जनाको निधन — OSNepal

कोरोना अपडेट : एक हजार ७८ कोरोना संक्रमित थपिए, १२ जनाको निधन

LC (KTM) September 30, 2021 0

काठमाडौं, १४ असोज । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ७८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार ११ हजार सात सय ६५ नमुना परीक्षण गर्दा एक हजार ७८ जनामा संक्रमण पाइएको हो ।

बिहीबार थपिएकासँगै देशभर सक्रिय संक्रमित १८ हजार एक सय ६८ जना छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला नौ र दुईभन्दा बढी संक्रमित भएका जिल्ला १९ छन् ।

पछिल्लो २४ घन्टामा नौ सय ११ जनाले संक्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल संख्या सात लाख ६५ हजार सात सय ५८ छ ।
नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशते छ । यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएको छ ।

अहिलेसम्म संक्रमणबाट ११ हजार एक सय ३५ जनाको निधन भइसकेको छ । हाल देशभर तीन सय ५३ जना सघन उपचार कक्ष (आईसीयू), एक सय १७ जना भेन्टिलेटर, १६ हजार आठ सय दुईजना होम आइसोलेसन, एक हजार तीन सय ६६ जना संस्थागत आइसोलेसन र दुई सय ३८ जना क्वारेन्टिनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर