आज रातिबाट लागु हुने गरी काठमाडौँमा सभा सम्मेलन गर्न रोक, घरमै दसैँ मनाउन जिल्ला प्रशासन कार्यालयको आदेश — OSNepal

आज रातिबाट लागु हुने गरी काठमाडौँमा सभा सम्मेलन गर्न रोक, घरमै दसैँ मनाउन जिल्ला प्रशासन कार्यालयको आदेश

LC (KTM) September 30, 2021 0

काठमाडौं १४ असोज । आज राति १२ बजेबाट लागु हुने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनावश्यक भिडभाड तथा मेला गर्न रोक लगाइएको छ ।

आज बिहिबार एक काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले एक आदेश जारी गर्दै कोरोनाको जोखिमका साथ आइरहेको नेपालीहरुको महान् पर्वको अवसरमा कोरोना संक्रमण फैलिन नदिन यस्तो आदेश दिएका हुन् ।

चाडपर्व मनाउँदा आफ्नै परिवारभित्र मात्र मनाउन आग्रह गरिएको छ । होटल, पार्टी प्यालेसलगायतले पनि स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने साथै आदेशमा सार्वजनिक यातायातको टिकट काट्दा आधिकारिक काउण्टरबाट मात्र काट्न यात्रुहरुलाई आग्रह समेत गरिएको छ ।

सवारी साधनमा आवात जावात गर्दा यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने, चालक, सहचालकले मास्क, भाइजर र ग्लोभ्स लगाउनु पर्ने तथा बसको ढोकामा अनिवार्य स्यानिटाइजर राख्नु पर्ने समेत जारी आदेशमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर