विगतमा भएका सहमतिहरुलाई ओलीले उल्टाउने काम गरेकोले यही अवस्थाको एमाले स्विकार गर्न नसकिने साहको घोषणा — OSNepal

विगतमा भएका सहमतिहरुलाई ओलीले उल्टाउने काम गरेकोले यही अवस्थाको एमाले स्विकार गर्न नसकिने साहको घोषणा

LC (KTM) September 30, 2021 0

काठमाडौं १४ असोज । नेकपा ९एमाले० का नेता प्रभु साहले आफूहरुप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको आरोप लगाएका छन् । हिजो राति एक कार्यक्रममा सहभागी भएका साहले यस्तो खुलासा गरेका हुन् ।

धोकाबाजीको राजनीति गरेर ओलीले अहिले अगाडिको बाटो नभएर पछाडिको बाटो लिइरहेको बताएका छन् । उनले भने,‘हामीले नेकपाको अ‍ोलीजीलाई साथ दिएको हो, उहाँले नेकपा एमाले व्युँतिएपछि हामीसँग पनि कि त राय लिनुपर्दथ्यो । हामीलाई उहाँले के भनिराख्नुभयो भने यो नेकपाकै निरन्तरता हो । कानूनी रुप र प्राविधिक ढंगले एमाले भनिएपनि हुनै सक्दैन भन्नुभएको थियो । केपी ओलीले अहिले अगाडिको बाटो नभएर पछाडिको बाटो लिईरहनुभएको छ ।’

विगतमा भएका सहमतिहरुलाई ओलीले उल्टाउने काम गरेकोले यही अवस्थाको एमाले आफुले नस्विकार्ने पनि नेता साहले कार्यक्रम मार्फत घोषणा गरेका छन् ।

‘हामीसँग भएका कमिटमेन्ट पालना गरिएन । हामीसँग एक ढंगको धोका हुँदैछ ।’ एमालेमा अहिले परिवर्तकारी नेताहरु पनि चिन्तामा रहेको उनको भनाई छ । उनले एमालेको अवस्था यथास्थिति रह्यो भने यो पार्टीको कुनै भविष्य नरहेको जिकिर गरे ‘उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर