माओवादी क्रान्ति पूर्ण भएन :प्रचण्ड — OSNepal

माओवादी क्रान्ति पूर्ण भएन :प्रचण्ड

LC (KTM) September 30, 2021 0

काठमाडौं १४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी क्रान्ति पुर्ण नभएका स्विकारेका छन् । आज बिहिबार माओवादीनिकट सहिद प्रतिष्ठान नेपालको साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले सम्बोधनमा माओवादी क्रान्ति पूर्ण नभएकाले सहिद, बेपत्ता, घाइते तथा अपांग भएकालाई राज्यको तर्फबाट जति सहयोग हुनुपर्ने त्यति नभएको समेत खुलासा गरेका छन् ।

कार्यक्रममा उनले वर्तमान गठवन्धन सरकारले माओवादी युद्धमा मृत्युवरण गरेकाहरुलाई चाँडै राष्ट्रिय सहिद घोषणा गर्न लागेको समेत जानकारी दिएका छन् ।

आफु प्रधानमन्त्री हुँदा जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेपनि जालझेलपूर्वक उक्त निर्णयको प्रतिलिपि गायब पारिएको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर