एमाले सम्वाद र वार्ताबाट भाग्न खोज्यो — OSNepal

एमाले सम्वाद र वार्ताबाट भाग्न खोज्यो

LC (KTM) September 30, 2021 0

काठमाडौँ १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष िदल नेकपा एमालेको सहभागिता नभएपछि सरकारले एमाले सांवाद र वार्ताबाट भाग्न खोजेको आरोप लगाएको छ ।

भदौ २३ देखिको संसद अवरोध हटाउन देउवाले आज यस विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । माधव नेपाल समुहलाई बोलाएको बैठकमा आफुहरु सहभागी नहुने भन्दै एमालेले बैठक अस्विकार गरेको हो ।

सरकारका प्रवक्ता एवम् कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमाले सम्वाद र वार्ताबाट पर भाग्न खोजेको भन्दै यो मुलुकको आवश्यकता भन्दा भिन्न भएको बताएका छन् ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा९एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो सहभागी भएका छन् । माधव नेपाल भने सहभागी भएका छैनन् ।

त्यसैगरी, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर