घट्यो सुनको भाउ — OSNepal

घट्यो सुनको भाउ

LC (KTM) September 30, 2021 0

काठमाडौँ १४ असोज । नेपाली बजारमा आज बिहिबार सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । छापावाल सुन बुधबार प्रतितोला रु ८८ हजार ९०० मा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार ७०० तोकिएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार २५० कायम गरिएको छ जुन बुधबार प्रतितोला रु ८८ हजार ४५० मा कारोबार भएको थियो ।महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा आज प्रतितोला रु ३५ ले घटेको छ ।

बुधबार प्रतितोला रु एक हजार १५५ मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १२० तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔँस एक हजार ७३२ दशमलव ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर