ज्वरो र खोकीको समस्या देखिएपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना — OSNepal

ज्वरो र खोकीको समस्या देखिएपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना

LC (KTM) September 30, 2021 0

काठमाडौँ, १३ असोज -नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएको छ ।

केही दिन आरामसहित उपचार गर्नुपर्ने भएकाले पूर्वप्रधानमन्त्री नेपाललाई अस्पताल भर्ना गरिएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँको उपचारमा अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली संलग्न रहेको गौतमले बताउनुभयो । स्वास्थ्य संवेदनशीलताका कारण उहाँसँग अस्पतालमा भेटघाट गर्न बन्द गरिएको बताइएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर