राजधानीको नाम चलेका होटलमा बिदेशी नागरिक मृत फेला पर्ने क्रम जारी , आज एक कतारी नागरिकको शव भेटियो — OSNepal

राजधानीको नाम चलेका होटलमा बिदेशी नागरिक मृत फेला पर्ने क्रम जारी , आज एक कतारी नागरिकको शव भेटियो

LC (KTM) September 29, 2021 0

काठमाण्डौका चलेका फाइभ स्टार होटलमा केही दिन यता बिदेशी नागरिकहरु मृत अवस्थामा फेला पर्ने क्रम बढेको छ । ठमेलमा केही दिन अघि जर्मनका एक नागरिक होटलको कोठामै मृत फेला परेका थिए ।

त्यसलगत्तै आज राजधानीकै चलेको दरबारमार्गस्थित होटेल याक एण्ड यतिमा एक विदेशी नागरिक मृत भेटिएका छन् । उनी कोठामा मृत अवस्थामा भेटिएका हुन् । उनी कतारका नागरिक रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर