चितुवाको छालासहित दुई जना पक्राउ — OSNepal

चितुवाको छालासहित दुई जना पक्राउ

LC (KTM) September 29, 2021 0

गुल्मी, १३ असोज-गुल्मीमा चितुवाको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । छत्रकोट गाउँपालिका-३ को लुम्छा बजारस्थित घिमिरे होटल एण्ड लजबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयका अनुसार चितुवाको छालाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

लुम्बिनी प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले छत्रकोट गापालिका-२ भेडुवाका २७ वर्षीय सुमन खनाल र सोही ठाउँका ३१ वर्षीय हरिबहादुर सार्कीलाई चितुवाको छालासहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागी वन डिभिजन बन कार्यालय बुझाइने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर