बैतडी, १३ असोज-बैतडीमा सर्पको टोकाइबाट एक बालकको ज्यान गएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ चौडलीका १२ वर्षीय सुरजराम सार्कीको सर्पको टोकाइबाट ज्यान गएको स्थानीय नारायणराम सार्कीले बताए ।
घरभित्र सुतिरहेका बेला सुरजलाई मंगलबार राति साढे ११ बजे सर्पले टोकेर ज्यान गएको कार्कीले जानकारी दिए। सुरज कैलपाल आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए ।