बलिउड अभिनेत्री तथा फिल्ममेकर पुजा भट्ट २८ सेप्टेम्बरमा खुशीयाली मनाई रहेकी छिन् । उनले खुशीयाली मनाउनुको कारण भने उनले यहि मितिमा रक्सी सेवन गर्न छोडेकी हुन् । उनले रक्सी सेवन गर्न छोडेको ५ बर्ष पुरा भएको छ ।
अभिनेत्रीले सामाजिक सञ्जालमा एक लामो इमोश्नल पोष्ट लेखेकी छिन् । जस्मा उनले लेखेकी छिन्– ५ बर्ष लगभग पुरा भएको जब देखी मैले रक्सी सेवन गर्न छोडे । एक चिज जस्ले मलाई खतरनाक स्टाम्र्सबाट बचाए । मेरो जिन्दगीम कुनै तेस्रोका लागि कुनै स्पेस छैन ।
मेरो लाईफमा मेरो सबैभन्दा पहिलो जरुरत खुद म आफै हो । मेरो इमोश्नल हेल्थ सबैभन्दा पहिला आउँछ । रिकभरी पहिलो प्राथमिकतामा पर्छ । पुजा भट्टको यस पोष्टमा एक फ्यन कमेन्ट गर्दै लेख्छन्– मैले आफ्नो पतिलाई रक्सीको सेवनमा गुमाए । कैयौ दिन यस्तो हुन्छ जब म आफैलाई सोध्छु मैले किन उनलाई रिहाब सेन्टर जानको लागि फोर्स गरिन् ।
शायद आज उनी जिबित हुन्थे । तपाईको पोष्ट एकदमै राम्रो रहेको छ जस्ले धेरैलाई ज्ञान दिन्छ । नायिकाले प्रतिक्रिया दिदै भनेकी छिन् कोही कसैलाई रोक्न सक्दैन । हरेक चिजको लालसा आफु भित्र नै रहेको हुन्छ ।