ओलीले कोशिस गरे पनि आफ्नै सांसदले अन्तरघात गर्दा संसद जोगिन सकेन् - परराष्ट्र मन्त्री ज्ञवाली — OSNepal

ओलीले कोशिस गरे पनि आफ्नै सांसदले अन्तरघात गर्दा संसद जोगिन सकेन् – परराष्ट्र मन्त्री ज्ञवाली

LC (KTM) May 22, 2021 0

काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमालेकै सांसदका कारण मुलुक मध्यावधि निर्वाचनमा धकेलिएको बताएका छन् ।संविधानको धारा ७६९५० अनुसारको प्रधानमन्त्री बन्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोशिस गरे पनि आफ्नै सांसदले अन्तरघात गरेको उनले बताएका छन् ।

मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटन गरी कार्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

एमालेकै कतिपय सांसदहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि मुलुक मध्यावधिमा धकेलिएको ज्ञवालीको भनाइ छ । सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोकपछि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको चौतर्फी विरोध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर