शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ, संसद्को चीरहरण भएको छ - नेता नेपाल — OSNepal

शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ, संसद्को चीरहरण भएको छ – नेता नेपाल

LC (KTM) May 22, 2021 0

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रतिगमन २ को डटेर प्रतिवाद गर्न आग्रह गरेका छन् । नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताउँदै फेरी प्रतिगमन दोहोरिएको र त्यसको डटेर प्रतिबाद गर्ने बताएका छन् ।

षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भत्र्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर