त्रिभुवन विमानस्थलबाट सुनसहित दूई जना पक्राउ — OSNepal

त्रिभुवन विमानस्थलबाट सुनसहित दूई जना पक्राउ

LC (KTM) September 29, 2021 0

काठमाडौँ १३ असोज । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट प्रहरीले सुनसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३३ वर्षीय समुन्द्र दंगाल र बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने ४३ वर्षीय सन्तविर राई रहेका छन् ।

निजहरुलाई प्रहरीले अन्तराष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रबाट ९ सय ४९ दशमलव ५ ग्राम सुनसहित पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर