काठमाडौं १३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले आफुहरुलाई माधव नेपालले उल्लु बनाएको आरोप लगाएका छन् । हिजो राति एक कार्यक्रममा सहभागी भएका उनले १० बुँदे सहमति अधिकांश स्थानमा कार्यान्वयन भएको भन्दै उनले यस्तो जनाएका हुन् ।
नेपाललाई पार्टी विभाजन गर्न उक्साएको भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको नभएको भन्दै उनले एमाले विभाजन गर्न आफुहरु कहिल्यै लागि नपरेको समेत स्पष्ट पारेका छन् । अहिले आफुहरु विभान महाधिवेशनको तयारीमा जुटिसकेको समेत जानकाी गराएका छन् ।
आफुलाई वार्ता जा भनेर नेपाल आफु पार्टी विभाजन तिर लागेको समेत भन्दै उनले भने, ‘उहाँले वार्ता गर्न जा, यो यो कुरा गर भन्ने, अनि माधव नेपाल आफू चाहीँ अर्कै बाटोमा लाग्ने काम गर्नुहुँदैन् नि ।’
आफुले नेपालले नयाँ पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) राखेको समेत निर्वाचन आयोगमा दर्ता गराएपछि थाहा पाएको बताएका छन् ।