काठमाडौंबाट हराएका चार वर्षीय बालक बिहारमा भेटिए, नेपाल ल्याइँदै — OSNepal

काठमाडौंबाट हराएका चार वर्षीय बालक बिहारमा भेटिए, नेपाल ल्याइँदै

LC (KTM) September 29, 2021 0

काठमाडौं, १३ असोज – काठमाडौंबाट हराएर भारतको बिहारमा फेला परेका चार वर्षीय बालकलाई नेपाल ल्याइँदैछ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१३ कपनबाट सोमबार साँझ हराएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस बिहारमा सकुशल फेला परेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार पियुस अहिले हजुरबुवासँग बिहारमा छन् । र, अब काठमाडौँ ल्याउँदैछन् ।
बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्मा टायलको काम गर्छन् । उनका ४ वर्षीय छोरा हराएपछि अपहरणको आशंकामा महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीले अनुसन्धान थालेका थिए । तर, बालकलाई विनोदका साथी शंकर दासले बिहार लगेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर