मुम्बई । बलिउड अभिनेता आमिर खान अभिनीत बहुप्रतीक्षित चलचित्र ‘लालसिंह चढ्ढा’ सन् २०२२ को भ्यालेन्टाइनमा आउने भएको छ । महाराष्ट्र सरकारले सिनेमा हल खोल्ने निर्णय गरेसँगै बलिउड चलमाउन थालेको छ । महाराष्ट्र सरकारले हल खोल्ने निर्णय गरेलगत्तै अभिनेता अक्षय कुमारको ‘सूर्यवंशी’ ले तिहारमा प्रदर्शनमा आउने जनाएको छ । यसै समयमा हलिउड चलचित्र ‘इटर्नल्स’ पनि आउने भएको छ । यसअघि क्रिसमसमा आउने घोषणा गरिएको यो चलचित्र सन् २०२२ को भ्यालेन्टाइनमा आउने निर्माण पक्षले जनाएको छ ।
आमिर खान प्रडक्सनले आइतबार कोरोना महामारीका कारण तोकिएको समयमा चलचित्रको काम नसकिएको भन्दै प्रदर्शन मिति पछि सारकेो जनाएको छ ।सौर्य दैनिकमा खबर छ । अद्वेत चन्दनले निर्देशन गरेको यो चलचित्रमा अभिनेता आमिरसँगै अभिनेत्री करिना कपुरको प्रमुख भूमिका छ । चलचित्रमा दक्षिण भारतीय कलाकार नागा चैतन्यको समेत भूमिका रहेको छ । यो चलचित्र हलिउड चलचित्र ‘फरेस्ट गम्प’ को अफिसियल रिमेक हो । टम ह्याकंस अभिनीत यसलाई भियतनाम युद्धको त्रासदी बताउने चलचित्रको रुपमा हेर्ने गरिएको छ ।