पछिल्लो समय मुम्बईमा आएको ताउते नामको चक्रावतका कारण बोनी कपुरको आउने फिल्म मैदानको महंगो फिल्मी सेट भत्काई दिएको छ । जसका कारण फिल्म निर्माण पक्षलाई ठुलो नोक्सान भएको छ । अब फेरी मैदानको लागि तेस्रो सेट बनाउन सुरु गरिएको छ । एक अन्र्तबार्तामा बोनी कपुरले फिल्मी सेट पुर्ण रुपमा क्षतबिक्षत भएको बताउँदै फेरी तेस्रो पटक सेट बनाउने बताएका छन् ।
उनले पहिलो सेट भने लकडाउनका कारण अलग गराउनु परेको बताएका छन् । उनले लकडाउन नभएको भए यतिबेला फिल्मको शुटिङ पुरा भईसक्ने बताएका छन् । उनले अहिले सम्म फिल्मी सेटका लागि ३० करोड खर्च भइसकेको जानकारी दिए ।त्यति खर्च भइसक्दा पनि काम भने अझै पेण्डिङमै रहेको बताएका छन् ।
यस चलचित्र हिन्दी सहित तमिल, त्लुगु तथा मलयालम भाषामा पनि रिलीज हुने उनले बताएका छन् । यो फिल्म पुर्व भारतीय फुटबल कोच शैय्यद अब्दुल रहीमको कहानीमा आधारीत रहेको छ । मैदानमा मुख्य भुमीकामा नायक अजय देवगन रहेका छन् ।