लागूऔषधका अभियुक्त १९ वर्षीय राहुल आइसोलेशन सेन्टरबाट फरार — OSNepal

लागूऔषधका अभियुक्त १९ वर्षीय राहुल आइसोलेशन सेन्टरबाट फरार

LC (KTM) September 28, 2021 0

काठमाडौं १२ असोज । लागूऔषधका अभियुक्तआइसोलेशन सेन्टरबाट फरार भएका छन् ।

कीर्तिपुरको कोभिड आइशोलेशन सेन्टरबाट १९ वर्षीय राहुल तामाङ फरार भएका हुन् । उनलाई महानगरीय प्रहरी वृत थानकोटबाट पक्राउ गरिएको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार शौचालय गएको समयमा अभियुक्त तामाङ फरार भएका हुन् ।

उनको अहिले खोजी कार्य भइरहेको पनि कीर्तिपुरका डिएसपी ठाकुर पोखरेलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर