कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको निधन — OSNepal

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको निधन

LC (KTM) September 28, 2021 0

काठमाडौं, १२ असोज । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार एक सय ५८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मंगलबार १४ हजार तीनजनामा कोरोना परीक्षण गर्दा एक हजार एक सय ५८ जनामा संक्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १८ हजार चार सय २२ छ।

पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला नौ र दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला २० वटा छन् । पछिल्लो २४ घन्टामा एक हजार तीन सय १८ जनाले संक्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कुल संख्या सात लाख ६३ हजार सात सय ३४ रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ । यस्तै, संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको छ ।

अहिलेसम्म संक्रमणबाट ११ हजार एक सय १५ जनाको निधन भइसकेको छ । हाल देशभर ३६४ जना सघन उपचार कक्ष ९आइसीयू०, एक सय २० जना भेन्टिलेटर, १७ हजार एक सय २५ जना होम आइसोलेसन, एक हजार दुई सय ९७ जना संस्थागत आइसोलेसन र तीन सय २८ जना क्वारेन्टिनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर