बलिउड अभिनेत्री शिल्पा शेट्टी हरेक दिन तनावमा देखिन थालेकी छिन् । पोर्नाेग्राफी केसमा फसेका राज कुन्द्रा घर फर्किए पनि शिल्पा माथि अनेक बिघ्न आई नै रहेको छ । सेप्टेम्बर २० मा राज जेलबाट रिहा भए पनि शिल्पासंग विभिन्न किसिमको सोधपुछ भइरहेको छ।
राज कुन्द्राको केस अझै सकिएको छैन । उनलाई अदालत बाट मात्र बेल मिलेको हो । अहिले सम्म खुलेर शिल्पा बाहिर आउन सकेकी छैनन् । केही कार्यक्रममा मात्र उनी देखिने गरेकी छिन् । उनले राज कुन्द्राका बिषयमा धेरै ठाउँ बाट सवालहरुको सामना गर्नु परिरहेको छ ।
यसैक्रममा शिल्पाले राज कुन्द्राका बारेमा सोधिएका प्रश्नहरुमा जवाफ फर्काएकी छिन् । एउटा कार्यक्रममा शिल्पा शेट्टीसंग राज कुन्द्राको बारेमा प्रश्नहरु सोधिएको थियो । पतिको बारेमा प्रश्न सोधिए पछि उनी एकदमै आक्रमक रुपमा प्रस्तुत भएकी थिईन् ।
जस्ले प्रश्न सोधेको छ उसैलाई रिसले चिच्याउदै उल्टो प्रश्न गरेकी थिईन् । उनले रिसले चुर हुदै भनिन् म राज कुन्दा हु ? के म राज कुन्द्रा जस्तो देखिन्छु ? म को हुँ ? उनले घुमाउरो शैलीमा आफु एक कलाकार भएको र यसै बिषय संग सम्बन्धित रहेर प्रश्न गर्न आग्रह गरिन् ।
उनले भनिन् एउटा कलाकारको रुपमा तपाईँहरुलाई कुनै गुनासो नहोस् भन्ने कुरामा विश्वास गर्छु । मैले आफुलाई प्रमाणित गर्नु पर्ने अवस्था नआओस् भन्ने चाहन्छु ।