ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा दुई जना पक्राउ — OSNepal

ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा दुई जना पक्राउ

LC (KTM) September 28, 2021 0

मोरङ १२ असोज । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गत आइतबार विराटनगर महानगरपालिका ७ स्थितसडकमा काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका ९ बस्ने ३० वर्षीय कलाम सिंह लामालाई खुकुरी हानी हत्या गर्न खोजेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ११ बस्ने २७ वर्षीय बिमल कार्की र धनपाल थान गाउँपालिका १ बस्ने ५३ वर्षीय महमद साजिद मिया रहेका छन् । ब्यवसायिक विवादका कारण धारिलो हतियार खुकुरी प्रहार गरेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

धारिलो हतियार प्रहारबाट घाइते भएका लामाको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योग कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर