काठमाडौं १२ असोज । नेकपा एकीकृत समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने केहि मन्त्रीहरुको टुंगो लागेको छ ।
स्रोतका अनुसार नेकपा एसबाट तीन जना मन्त्रीको टुंगो लागेको छ । जसमा विरोध खतिवडा, किसान श्रेष्ठ र प्रेमबहादुर आले मन्त्री बन्ने लगभग पक्का भएको जनाइएको छ ।
अन्य तीन जना मन्त्रीहरुको लागि भने छलफल भइरहेको जनाइएको छ । छलफलमा जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, मेटमणि चौधरी र भवानी खापुङ नाम अगाडी बढेको पनि स्रोतले जनाएको छ ।
नेकपा एसलाइ ६ मन्त्रालयलको परेको छ ।