सामाजिक अभियन्ता तथा गीतकार राजा घलेको " लेखेनन् कसैले कविता बाबाको " म्युजिक भिडियो सार्वजनिक — OSNepal

सामाजिक अभियन्ता तथा गीतकार राजा घलेको ” लेखेनन् कसैले कविता बाबाको ” म्युजिक भिडियो सार्वजनिक

LC (KTM) September 28, 2021 0

अमेरिकाको जर्जिया राज्यको एटलाण्टा शहरमा बस्दै आएका चिर परिचित सामाजिक अभियन्ता राजा घलेले रचना गरेको गीत “लेखेनन् कसैले कविता बाबाको म्युजिक भिडियो (सङ्गीत श्रब्य दृश्य )सार्वजनिक भएको छ ।

कन्काइस्ट राईको स्वर र संगीतमा सजिएको यो गीतको म्युजिक भिडियोका लागि कथा, परिकल्पना, क्यामेरा र निर्देशन नरोत्तम पाण्डे र सरल श्रेष्ठको रहेको छ ।
यो म्युजिक भिडियो ओजास फिल्मस् स्टुडियोबाट वाहिर आएको हो ।

राजा घले लामो समयदेखि अमेरिकाको एटलाण्टामा वस्छन् । उनी एप्याकको प्रथम नेपाली महासचिब, नासाका प्रथम निर्वाचित अध्यक्ष, पूर्व एनआरएन आइसीसी सदस्य ( निर्बाचित ) हुन् भने हाल उनी “हामी नेपाली ग्लोबल ” नर्थ र साउथ अमेरिकाको सदभावना दुत पनि हुन् ।यो गीत सुन्न यहा थिच्नु होस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर