सोमबार मात्र करिब दुई घण्टा आकासमा फन्को मारेको बुद्ध एअरको जहाज आज बिहानैबाट सञ्चालनमा — OSNepal

सोमबार मात्र करिब दुई घण्टा आकासमा फन्को मारेको बुद्ध एअरको जहाज आज बिहानैबाट सञ्चालनमा

LC (KTM) September 28, 2021 0

काठमाडौँ १२ असोज । सोमबार मात्र करिब दुई घण्टा आकासमा फन्को मारेको बुद्ध एअरको जहाजले आज मंगलबार मात्रै तीन उडान गरिसकेको छ ।

काठमाडौंबाट ७३ यात्रु लिएर विराटनगर पुगेको जहाजको अवतरण गर्ने समयमा एक इन्डिकेटरले दायाँतर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि आकाशमा करिब २ घण्टा फन्को मारेको हो ।

विराटनगरमा अवतरण गर्न नसकेपछि पुन काठमाडौं आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सामान्य अवस्थामा अवतरण गरेको थियो । सुरक्षाका लागि विमानस्थलमा सुरक्षाकर्मी, दमकल एम्बुलेस लगायतका सेवा तथा गरिएको थियो ।

अवतरण पछि बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जहाजको जाँच गरेसँगै जहाजमा ‘गडबडी नभएको’ पुष्टि भएको हो । जहाजमा कुनै गडबढी नभएकाले आज बिहानैबाट उक्त जहाजले उडान भरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर