सीमा नाकामा अलपत्र करोडौं मूल्यको सामान बोकेका सयौं कन्टेनर पठाउन चीन सहमत — OSNepal

सीमा नाकामा अलपत्र करोडौं मूल्यको सामान बोकेका सयौं कन्टेनर पठाउन चीन सहमत

LC (KTM) September 28, 2021 0

काठमाडौं, १२ असोज-सीमा नाकामा अलपत्र करोडौं मूल्यको सामान बोकेका सयौं कन्टेनर पठाउन चीन सहमत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कन्टेनर पठाउन चीन सहमत भइसकेकाले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङबाट छिट्टै कन्टेनर नेपाल भित्रिने जनाएको हो ।

दशैंका लागि नेपाली व्यवसायीले मगाएका सामग्री बोकेका कन्टेनर नाकामै रोकिँदा चाडपर्वका बेला नेपाली बजार स्टकमा चलिरहेको छ । मन्त्रालयका सचिव दिनेश भट्टराईले नाकामा रोकिएका कन्टेनररट्यांकर नेपाल ल्याउन कुटनीतिक तवरबाट पहल गरिरहेको बताए । ‘चिनियाँ कोभिड प्रोटोकल मान्नैपर्छ । प्रोटोकल मेन्टेन गर्न समस्या भएको छ,’ उनले भने ।

सचिव भट्टराईले प्रोटोकल मेन्टेन गरेर नेपाली कन्टेनरलाई सहज व्यवहार गर्ने र तुरुन्तै नेपाल पठाउन चीन सहमत भएको बताउँदै छिट्टै आवश्यक सामग्री नेपाल भित्रिने उल्लेख गरे । ‘तर के सहमति भएको छ भने तातोपानी र केरूङबाट आउने ट्याकरको संख्या व‌द्धि भएको छ । चीनले नेपाली ट्यांकरलाई सहज व्यवहार गर्ने र तुरुन्तै नेपाल पठाउने खबर आएको छ । एक दुई दिनमै नाकामा सहज अवस्था हुन्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर