असोज १३ गते सार्वजनिक बिदा — OSNepal

असोज १३ गते सार्वजनिक बिदा

LC (KTM) September 27, 2021 0

वीरगञ्ज, ११ असोज-प्रदेश–२ सरकारले जितिया पर्वको अवसरमा आगामी असोज १३ गते बुधबार महिलाका लागि सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतद्वारा आज जारी शुभकामना सन्देशमा सम्पूर्ण बर्तालु महिलालाई निष्ठापूर्वक जितिया पर्व मनाउन आग्रह गर्नुभएको छ । प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाका लागि असोज १३ गते बिदा दिएको उल्लेख छ ।

पुत्रको दीर्घायुको कामना गर्दै हिन्दू धर्मावलम्बीले मनाउने कठोर व्रत जितियाको अवसरमा सम्पूर्ण बर्तालु महिलामा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गर्नुभयो । शुभकामना सन्देशमा सन्तानप्रति स्नेह झल्काउने यस महापर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम गरुन् भनी कामना पनि गरिएको उल्लेख छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर