काठमाडौँ ११ असोज । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले दुई दुई चोटी संसद विघटन गरेको नेकपा एमालेले संसदमा नै आएर संवैधानिक सर्वोच्चता कायम गर भन्नु आपत्ती जनक भएको बताएका छन् ।
आज सोमबार केहि समय मात्र बसेको संसद बैठक पछि बाहिरिने क्रममा नेता भट्टराईले अलिकति नैतिकता एमाले सांसदलाई भए राजीनामा लिएर जनातमा जान भट्टराईले चुनौती नै दिएका छन् ।
‘जुन संसदलाई विघटन गरिसक्यो, उसले त्यो संसदमा आउन त लाज हुनुपर्ने हो’ भट्टराईले भने ।
लाज नै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भनेर एमालेले आफ्नो
निर्लज्जता देखाएको उनले बताएका छन् ।