प्रदेश १ मा आज ३२७ जना कोरोना संक्रमण , झापामा सबै भन्दा बढी संक्रमित — OSNepal

प्रदेश १ मा आज ३२७ जना कोरोना संक्रमण , झापामा सबै भन्दा बढी संक्रमित

LC (KTM) September 27, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २२६ र ३५४ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८५, मोरङमा ८०, सुनसरीमा ५०, इलाम, धनकुटा र संखुवासभामा २–२, पाँचथर, ताप्लेजुङ, भोजपुर, तेहृथुम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो ।

झापाको विर्तामोडमा २२, मेचीनगरमा १२, दमक र बुद्धशान्तिमा ९–९, अर्जुनधारामा ७, शिवसताक्षी र कनकाईमा ६–६, भद्रपुरमा ४, कमल गाउँपालिकामा ३, गौरादह र हल्दिबारीमा २–२, कचनकवल , बाहृदशी र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ३९, सुन्दरहरैचामा १३, बेलबारीमा ९, बुढीगंगामा ६, सुनबर्षी र उर्लाबारीमा ३–३, कटहरीमा २, कानेपोखरी, पथरीशनिश्चरे र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको इटहरीमा ३७, धरानमा ७, दुहवीमा ३, रामधुनी, बराहक्षेत्र र इनरुवामा १–१, इलामको इलाम नगरपालिका, धनकुटाको पाख्रिबास र संखुवासभाको धर्मदेवीमा २–२, पाँचथरको स्थानीय तह नखुलेका, ताप्लेजुङको श्रीजंगा, भोजपुरको भोजपुर नगरपालिका, तेहृथुमको फेदाप र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२६ महिला र ११४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर