मध्यराति ओली र भण्डारीको खेल : फेरि पुग्यो देश पुष ५ मा — OSNepal

मध्यराति ओली र भण्डारीको खेल : फेरि पुग्यो देश पुष ५ मा

LC (KTM) May 22, 2021 0

काठमाडौं ८ जेठ । मध्यरातमा आकस्मिक बसेको मन्त्रीपरिषद्को बैठकले प्रतिनिधिसभा विघठन गरेको छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा विघटन गरी आगामि कार्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनावमा जाने घोषणा गरेकी हुन् ।

धारा ७६(७) मा भनिएको छ, उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महीनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’

संविधानको धारा ७६(५) अनुसार समय सिमा भित्र प्रधामन्त्रीको लागि बुझाइएको दावीमा नेकमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापती शेरबहादुर देउवाको दुवैले पेश गरेको सांसदहरु एक अर्कामा दोहोरिएको तथा दलको निणर्य विपरित अर्को दलमा समर्थन गरेको मान्य नहुने भन्दै दुवै दावी नपुगेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी थिइन् ।

देउवालाई कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको समर्थन रहेको थियो । भने उता मेरो ९३ जना मात्र सांसद छन् भन्दै आएका ओलीले एमालेका २१२ , जसपा ३२ सांसदहरुको समर्थन भएको भन्दै प्रधानमन्त्रीको लागि दावी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर