‘द भ्वाइस किड्स’ मा ‘ब्लाइन्ड अडिसन’ सुरु हुँदै — OSNepal

‘द भ्वाइस किड्स’ मा ‘ब्लाइन्ड अडिसन’ सुरु हुँदै

LC (KTM) September 27, 2021 0

काठमाडौं -‘द भ्वाइस किड्स’ मा ‘ब्लाइन्ड अडिसन’ सुरु हुने भएको छ । ६ देखि १४ वर्षका बालबालिकाको सहभागी रहने गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ मा ४ कोच छानिएका छन् । जसमध्ये दुई राजु लामा र प्रमोद खरेल ‘द भ्वाइस अफ नेपाल’ कोच हुन् भने अन्य दुई कोचको रुपमा गायिकाद्वय मिलन नेवार र प्रविशा अधिकारी भित्रिएका छन् ।

‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सम्पन्न गरेको हिमालय टिभीले बालबालिकाकै गायन प्रतिभा निखार्ने उदेश्यले शो सुरु गर्न लागेको हो ।छिट्टै एक प्रेसमिट गरेर बुधबारबाट ‘ब्लाइन्ड अडिसन’ सुरु गर्ने योजना आफ्नो रहेको निर्देशक लक्ष्मण पौडेलले बताए । एक महिना पछिबाट शो सुरु हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर