कांग्रेस काठमाडौंमा वडाको अन्तिम अतिजा आउन किन भयो ढिलाइ ? — OSNepal

कांग्रेस काठमाडौंमा वडाको अन्तिम अतिजा आउन किन भयो ढिलाइ ?

LC (KTM) September 27, 2021 0

काठमाडौं, ११ असोज -नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशनको अन्तिम नजिता आउन ढिलाइ भइरहेको छ । ५ असोजदेखि सुरु भएको वडा अधिवेशनको आज (सोमबार) सम्म पनि अन्तिम नजिता आउन नसकेको हो । वडाको नजिता समयमै नआउदा पालिका अधिवेशनसमेत प्रभावित बनेको छ ।

काठमाडौंका निर्वाचन अधिकृत नरहरि आचार्यले अझै २३ वटा वडाको नजित प्राप्त हुन बाँकी रहेको जानकारी दिए । ‘१३८ वडामध्ये ११५ वटाको मात्र नजिता प्राप्त भएका छ’, आचार्यले न्युज कारखानासँग भने, ‘सबै वडामा निर्वाचन सकिए पनि नजिता आउन ढिलाइ भइरहेको छ ।’ आचार्यका अनुसार मतदातको संख्या धेरै हुदा उम्मेदवारको संख्या पनि धेरै हुने भएकाले मत गणनामा समय धेरै लाग्ने गरेको छ ।

‘उम्मेदवारले सबै मत गणनास्थलमा आफै बस्ने खोजेका लागि पनि गणनामा ढिलाइ भइरहेको खबर आइरहेको छ’, आचार्यले भने, ‘गणनामा उम्मेदवारले प्रतिनिधिको विश्वास नगरेर आफै बस्न खोज्दा पनि कतिपय वडाको गणनामा ढिलाइ भइरहेको हो ।’ आचार्यले निर्वाचन समितिलाई प्राप्त भएको नजिताअनुसार सुरुमा आगामी अधिवेशनका मतदाता (क्षेत्रीय प्रतिनिधि) को नामावाली फर्मेटमा तयार गर्ने काम भइरहेको बताए ।

‘क्षेत्रीय प्रतिनिधिको नामावाली केन्द्रीय निर्वाचन समितिको फर्मेटमा तयार गरेर पार्टीको वेबसाइटमा राखिने छ’, आचार्यले भने, ‘सबै वडाको नजिता सम्भवतः भोलिसम्म प्राप्त गर्ने र पर्सीसम्म केन्द्रीय निर्वाचन समितिलाई बुझाउछौ ।’ १६ असोजमा पालिका अधिवेशनको मिति तोकिएकाले पनि बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्नुपर्ने बाध्यता निर्वाचन समितिलाई छ ।

काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १३८ वडा छन् । काठमाडौंमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्यहरू छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर