मेस्सी विनाको बार्सिलोना लयमा फर्किदै, निकाल्यो शानदार सहज जित — OSNepal

मेस्सी विनाको बार्सिलोना लयमा फर्किदै, निकाल्यो शानदार सहज जित

LC (KTM) September 27, 2021 0

काठमाडौं, ११ असोज – स्पेनिस ला लिगामा क्याटलन क्लब बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले लेभान्तेलाई ३-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मेम्फिस डिपाए, जुक डी होङ र अंशु फातीको १/१ गोल गरे ।

डिपेले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएको बार्सिलोनाका लागि डी होङले १४औँ मिनेटमा दोस्रो गोल गरे । डि होङले सेर्जिनो डेस्टको पासमा गोल गरेका थिए । फातीले इन्जुरी समयमा अर्को गोल गर्दै जित अन्तर फराकिलो पारे ।

जितपछि बार्सिलोना ६ खेलमा १२ अंक जोड्दै स्पेनिस ला लिगा अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पराजित लेभान्ते चार अंकका साथ १७औँ स्थानमा छ ।

स्पेनिस ला लिगामा आइतबारै भएकाे अर्को खेलमा ओसासुनाले रियाल मायोर्कामाथि ३-२ को जित दर्ता गरायो ।

रियल बेटिसले गेटाफेलाई २-० गोल अन्तरले पराजित गरेकाे छ । रायो भालेकानोले काडिजलाई ३-१ तथा रियल सोसाइडले इल्चेलाई समेत १-० गोल अन्तरले पराजित गरेकाे छ । ओसासुनाले मारोक्कालाई ३-२ गोल अन्तरले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर