अभिनेता प्रभासले करिनाको घरमा सुटुक्क पठाए कोशेली — OSNepal

अभिनेता प्रभासले करिनाको घरमा सुटुक्क पठाए कोशेली

LC (KTM) September 27, 2021 0

साउथ सुपरस्टार प्रभास तथा बलिउड स्टार सैफ अली खानको फिल्म आदिपुरुषको घोषणा भएको छ । यो फिल्ममा काम शुरु गर्नुभन्दा पहिला प्रभास सैफको परिवार संग एक राम्रो सम्बन्ध बनाउने कोशिसमा रहेका छन् । यसैक्रममा प्रभासले रीना कपुरको घरमा बिरयानी पठाएका छन् ।

जस्को तस्बीर अभिनेत्री करीनाले शेयर गर्दै जानकारी दिएकी छिन् । करीनाले आफ्नो इन्ष्टाग्राम स्टोरीमा खानाको फोटो शेयर गर्दै लेखेकी छिन्– लौ थालौ खान, जब बाहुबली बिरयानी पठाउँछन् त जरुर बेस्ट नै होला । धन्यबाद प्रभास यो खानाका लागि । उनले आफ्नो पोस्टमा फिल्मको नाम आदिपुरुष पनि ट्याग गरेकी छिन् ।

प्रभासको करीना संग यो पहिलो इन्ट्र्याक्सन रहेको रहेको छ जुन अभिनेत्रीले फ्यान संग शेयर गरेकी छिन् । प्रभासले धेरै बलिउडका स्टारहरु संग काम गरिसकेका छन् । आदिपुरुषमा प्रभास, सैफ अली खान, कृति सेनन एकसाथ देखिदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर