मेस्सी बिनाको बार्सिलोना लयमा फर्कदै , स्पेनिस ला लिगामा शानदार जित — OSNepal

मेस्सी बिनाको बार्सिलोना लयमा फर्कदै , स्पेनिस ला लिगामा शानदार जित

LC (KTM) September 26, 2021 0

लियोनल मेस्सी बिनाको बार्सिलोना केही समय लयमा फर्कन सकेन । तर केही दिन देखी बार्सिलोनाले मेस्सी बिना नै लय पक्रन थालेको छ । यसैक्रममा आज भएको स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एकदमै शानदार जित निकालेको छ ।

उसले लेभान्टेलाई तीन शुन्यको अन्तरले पराजित गरेर खेलमा कमब्याक गरेको हो । बार्सिलोनालाई जित दिलाउन मेम्फिस डीपे, लुक डी जोङ र अन्सु फातीले एक एक गोलको योगदान दिएका थिए ।

आजको यो जितसँगै बार्सिलोनाले ६ खेलमा १२ अंक जोड्न सफल भएको छ । आजको यो जित पछि बार्सिलोना पाँचौं स्थानमा उक्लिएको छ । लेभान्टे ४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर