भारतमा चर्चित रहेको हो क्राइम पेट्रोल अब नेपालमा पनि , दीपकराज गिरी यस शो को सुत्रधार बन्दै — OSNepal

भारतमा चर्चित रहेको हो क्राइम पेट्रोल अब नेपालमा पनि , दीपकराज गिरी यस शो को सुत्रधार बन्दै

LC (KTM) September 26, 2021 0

भारतीय टेलिभिजन सोनी च्यानल बाट प्रशारण हुदै आएको चर्चित शो क्राइम पेट्रोल अब नेपालमा पनि प्रशारण हुने भएको छ । रवि लामिछानेको टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ मार्फत अब क्राइम पेट्रोल नेपाल भनेर नेपाली भाषामा प्रशारण हुन लागेको हो ।

यसका लागि भारत बाट प्रशारण हुदै आईरहेको क्राइम पेट्रोल’ सँग आधिकारिक अनुमतिमा नेपालमा पनि यो श्रृखंला निर्माण हुन लागेको बताइएको छ । यसमा नेपालमा अपराधका बिषयमा भएका सफलताका घटनाहरुलाई आधार बनाएर नेपाली सुहाउँदो कथामा बनाउने बताइएको छ ।

नेपालमा प्रशारण हुन लागेको क्राइम पेट्रोल नेपालको एउटा ठुलो टिम रहेको र त्यको संयोजकमा सम्पदा मल्ल रहेकी छन् । यस श्रृंखलाको निर्देशन विशाल भण्डारीले गर्नेछन् । त्यस्तै फिल्म बिषय अध्ययन गरिरहेका अस्कर कलेजका विद्यार्थीहरु लगायतले श्रृंखलाकाको आवश्यकता अनुसार निर्देशन गर्ने बताइएको छ ।

यस शो को होस्ट अर्थात सुत्रधारको काम भने चर्चित कलाकार दीपकराज गिरीले गर्नेछन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै अब केही दिनमा ‘क्राइम पेट्रोल नेपाल’ कार्यक्रम लिएर आउने जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर