नेपालमा आज थप ८३४ कोरोना संक्रमित थपिए,नौ जनाको मृत्यु — OSNepal

नेपालमा आज थप ८३४ कोरोना संक्रमित थपिए,नौ जनाको मृत्यु

LC (KTM) September 26, 2021 0

काठमाडौँ, १० असोज-पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ७३६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

आठ हजार ५८९ जनाको पीअीसार परीक्षण गर्दा ७३० र पाँच हजार १४७ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार २७९ जना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा नौ सङ्क्रमितको मृत्यु भएको छ ।

देशभर १९ हजार १४२ जना सक्रिय सङ्क्रमित छन् । सत्र हजार ८१३ होम आइसोलेशनमा तथा एक हजार ३२९ जना संस्थागत आइसोलेशनमा छन् । त्यस्तै ३६८ सघन कक्षमा र १२० जना भेन्टिलेटरमा छन् । देशभर २३० सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर एक लाख दुई हजार ३०१ ले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । (रासस )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर