प्रहरीलाई घुस दिन खोज्दा राकेश उनका साथी पक्राउ, सार्वजनिक हित बिरुद्धको कसुरमा हिरासतमा राखियो — OSNepal

प्रहरीलाई घुस दिन खोज्दा राकेश उनका साथी पक्राउ, सार्वजनिक हित बिरुद्धको कसुरमा हिरासतमा राखियो

LC (KTM) September 26, 2021 0

काठमाडौं १० असोज । प्रहरीलाई घुस दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ घर भएका २० वर्षीय राकेश खटिक र १९ वर्षीय अजय खटिक रहेका छन् ।

गुलरिया नगरपालिका–७ स्थित सहिदगेटमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त चेकप्वाइन्टमा घुस दिन खोज्दा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले निजहरुलाई पक्राउ गरेको हो ।

लु.२० प ८६१ नम्बरको मोटरसाइकलमा आएका उनीहरुको ब्लुबुक र लाइसेन्स माग्दा ५०० रुपैयाँ घुस रकम दिन खोजेको बताइएको छ ।

पक्राउ परेकाहरुमाथि सार्वजनिक हित बिरुद्धको कसुरमा म्याद लिएर हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर