साफ च्याम्पियनसिपको लागि नेपाली टिमको घोषणा, २ खेलाडी बाहिरीए — OSNepal

साफ च्याम्पियनसिपको लागि नेपाली टिमको घोषणा, २ खेलाडी बाहिरीए

LC (KTM) September 26, 2021 0

साफ च्याम्पियनसिपको लागि यतिबेला सार्क राष्ट्रका सदस्य राष्ट्रहरु जुटिरहेका छन् । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपमा यस पटक ५ टिमले सहभागिता जनाउने भएका छन् । यसैक्रममा साफका लागि भारतले टिमको घोषणा गरे लगत्तै नेपालले पनि टिमको घोषणा गरेको छ ।

अज साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले जनाएका छन् । अल्मुताइरीको नजरमा २ खेलाडी पर्न सकेनन् । नेपालले घोषणा गरेको टिमबाट दुई खेलाडी बाहिरिएका हुन् । गोलकिपर विकेश कुथु र राजन गुरुङ टिमबाट बाहिरिएका छन् ।

यतिबेला साफको तयारीका लागि नेपाली टिम कतारमा रहेको छ । साफका लागि नेपाल त्यहा बाट सिधै माल्दिभ्स जाने बताइएको छ । साफ च्याम्पियनसिप यहि असोज १५ देखि सुरु भएर ३० गते सम्पन्न हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा आयोजक माल्दिभ्ससँग प्रतिष्पर्धा गर्नेछ । यी दुबै टिमबीचको खेल असोज १५ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर