‘असन बजारमा’ मा उषासँग कमलको रोमान्स — OSNepal

‘असन बजारमा’ मा उषासँग कमलको रोमान्स

LC (KTM) September 26, 2021 0

काठमाडौं । गायिका नलिना चित्रकारको ‘असन बजारमा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । डान्सिङ नम्बरको उक्त गीतको मेल भ्वाईसमा चित्रकारलाई बेद बस्नेतले साथ दिएका छन् ।

डि.पी खनालको शब्द रहेको यस गीतमा संगीत राजनराज शिवाकोटीको सुन्न सकिन्छ । गीतको भिडियो अमेरिका र नेपालमा छायांकन गरिएको छ । भिडियोका निर्देशक सुब्रतराज आचार्यले भर्चुअल माध्यमबाट अमेरिकाको छायांकनको समेत निर्देशन गरेका छन् ।

गीतको भिडियोमा अशिष्मा नकर्मी, उषा उप्रेती, नारायन प्रधान र कमल साउदलाई फिचर्ड गरिएको छ । भिडियोमा प्रमोद भण्डारी र आइसा ओझाले नृत्य निर्देशन गरेका छन् भने रबमेश्वर कार्की र उत्सव दाहालले खिचेको भिडयोलाई विकाश दाहालले सम्पादन गरेका छन् । निर्देशनको क्रिएटिभ पाटो जया शर्माले हेरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर